पोखरा नदीपुरस्थित प्रतिभा माविमा शनिबारदेखि तिनदिने वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ ।
विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिश्पर्धा हुनेगरि खेलकुद कार्यक्रम सुरु भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले शनिबार एक कार्यक्रमबीच उक्त खेलकुद कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीका लागि खेलकुद कार्यक्रम गर्दै आएको छ ।
सापकोटाका अनुसार तीनदिनसम्म चल्ने प्रतिश्पर्धामा बास्केटबल, भलिवल, चेस, ब्याडमिन्टन र टेवलटेनिसका छात्र र छात्राका विभिन्न टीमले एकअर्कासँग प्रतिश्पर्धा गर्नेछन् । विद्यालयका ४० वटा सेक्सनका विद्यार्थीले अन्तर सेक्सन समूह बनाएर खेल प्रतियोगितामा भाग लिएको उनले बताए ।

‘प्रतिभा माविले खेलकुदका क्षेत्रमा हरेक वर्ष नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको छ,’ सापकोटाले भने, ‘अहिलेको खेलकुद कार्यक्रमले आगामि दिनमा हुने बाह्य प्रतियोगितामा प्रतिश्पर्धा गर्न सहज हुनेछ । ती प्रतियोगितामा हकदार बन्नेगरि प्रतिभाले अहिले नै क्षमतावान खेलाडी पनि पहिचान गर्दैछ ।’ प्रतिभा हिसान कास्कीको १५ औं र १६ संस्करणको विजेता पनि हो ।
‘अन्तर सेक्सन प्रतिश्पर्धा भएपनि यहाँबाट छनोट भएका खेलाडी अरु प्रतियोगितामा पनि सहभागि हुनेछन,’ उनले भने, ‘उत्कृष्ट हुने टिमले अन्तर सेक्सन अफ दी इयरको अवार्ड समेत पाउनेछन् ।’ प्राचार्य सापकोटाले विद्यार्थीलाई जीत निकाल्नका लागि घमण्ड नभई धैर्यता र अनुशासन चाहिने बताए ।
अध्यक्ष पौडेलले पढाई बाहेक विद्यार्थीभित्रको खुबी देखाउने क्षेत्र नै खेलकुद भएकोले त्यसलाई बाहिर देखाउनुपर्ने बताए । उनले भने, ‘खेलकुद आफैमा अनुशासन पनि हो । कु्नैपनि खेल जित्नका लागि मेहनत जरुरी छ ।’

जीवन स्वस्थ र सुखी बनाउने माध्यम पनि खेलकुद रहेको अध्यक्ष पौडेलले बताए । विद्यालयले विद्यार्थीमा भएको खेलको प्रतिभा बाहिर ल्याउनका लागि हरेक वर्ष यस्तो गतिविधि गर्दै आएको उनले बताए । प्राचार्य सापकोटाले दसै–तिहार पछिको समयमा विज्ञान प्रदर्शनी, बिजनेस प्लान प्रेजेन्टेसन र फूड फेस्टिभल लगायतका कार्यक्रम गर्ने पनि जानकारी दिए ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?