पोखराको चर्चित एवं पूरानो ब्राण्ड मारवाडी सेवा भोजनालयले कास्की प्रशासनबाट कारबाही भोगेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा वडा नं. ४ चिप्लेढुंगा स्थित मारवाडी सेवा भोजनालय (पान नं. ६०५०००२२) ले उपभोक्ता हित विपरित कसुर गरेको पाइएको भन्दै २ लाख जरिवाना गरेको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई पोखरामा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा सहभागीलाई खाजा खुवाइएको थियो । जुन खाना उक्त मारवाडी सेवा भोजनालयबाट ल्याइएको थियो ।
तर, खाजामा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको पाइएपछि सोही ऐनको दफा ३९ को उपदफा (१) बमोजिम दुई लाख जरिवाना गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनद्वारा जारी विज्ञप्तिमा दफा ३८ को खण्ड (ङ) अनुसार कसुर मात्र भनेको छ । कसुरको प्रकृति नखुल्दा नागरिक तहबाट प्रश्न उठाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको अफिसियल फेसबुक पेजबाट जारी गरिएको विज्ञप्तिमा आएका कमेन्टहरुमा नागरिकले कसुर नखुलेको र कुन कुरामा अब भोजनालयदेखि सजग हुने ? भन्ने कुरामा स्पष्ट हुन नसकेको बताएका छन् ।
यद्यपी, खाजाको प्याकेटमा समोसा, मिठाई, फ्रुटी खानेकुरा राख्नू भनी पेश्कीसमेत भुक्तानी भएकामा फ्रुटी तथा मिठाई नराखेको र संचालकलाई कारण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरिएको बताइएको छ ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा, ‘…उपलब्ध गारएको खाजा सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसूर गरेको पाइएकोले उक्त भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको’ उल्लेख छ ।
उक्त उपदफामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, कुनै वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्ने, बिक्री गरेको वस्तु वा सेवाको बिल वा बिजक जारी गर्न इन्कार गर्ने वा बिल वा बिजक जारी नगर्ने वा बिल बिजक जारी गर्दा थप रकम माग गर्ने, उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेको उपभोग्य वस्तु वा उपभोग्य गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गरे २ लाखदेखि ३ लाखसम्म जरिवाना लाग्ने उल्लेख छ ।


पोखरामा मिठाइ र शाकाहारी भोजनका लागि प्रख्यात माडवारी सेवा भोजनालयले होम डेलिभरी पनि गर्दै आएको छ । यो ब्राण्ड पोखरामा ५५ वर्ष पूरानो ब्राण्ड हो ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)