काठमाडौं । काठमाडौँ । यस वर्षको दशैंका लागि नयाँ नोट सटही गर्नेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । आइतबार साँझसम्म ९४ करोड बराबरको सुकिलो नोट सतही भएको छ ।
यस वर्षको दशैंको पुर्वसन्ध्यामा भारी वर्षाका कारण देशभरका राजमार्गहरू अवरुद्ध बनेसँगै सुकिला नोट सतही गर्नेको सङ्ख्या न्यून रहे पनि बिस्तारै देशभर अवरुद्ध भएको सडक खुल्न थालेसँगै रकम सतही गर्नेको सङ्ख्यामा वृद्धि भएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता तथा सूचना अधिकारी डिल्लीराम पोखरेका अनुसार आइतबारसम्म सुकिला नोट ९३ करोड ८० लाख साटफेर भएको जानकारी दिएका छन् ।
नेपाल राष्ट्रबैंकको केन्द्रीय कार्यालय र प्रदेश स्तरका कार्यालयहरूबाट मात्रै ९४ करोड सुकिला नोट सतही भएको र अन्य बैंक तथा वित्तीय संस्थाबाट भएको सतही यस तथ्यांकमा नजोडिएको हुनाले उल्लेखित रकम ठुलो मात्रामा बढ्न सक्ने पोखरेलको भनाई छ ।
आर्थिक भ्वाइससँग कुराकानी गर्दै सूचना अधिकारी पोखरेलले सुकिला नोट साट्नेको सङ्ख्या शुक्रवारसम्म ६२ करोड मात्रै भएपनि आइतबारका दिन सतही रकम ह्वात्तै बढेर ९३ करोड ८० लाख पुगेको जानकारी दिएका छन् । दशैंका लागि असोज २२ गते अर्थात् भोलीसम्म सुकिला नोट वितरण गर्ने भएको कारण आज र भोलीसम्म यो सङ्ख्यामा तीव्र वृद्धि आउन सक्ने पोखरेलको भनाई छ ।
दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जानकारी दिँदै आएको छ । साथै प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’