पोखरामा राँगोले हानेर ३७ वर्षीय धनञ्जयको मृत्यु

पोखरामा राँगोले हानेर ३७ वर्षीय धनञ्जयको मृत्यु

dhananjaya

पोखरामा राँगोले हानेर एक युवाको मृत्यु भएको छ । पोखरा वडा नं. ३३ का धनञ्जय आचार्यको आफ्नै दाजुको भैँसी फार्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो ।

मंगलबार माइला दाजुको सुरौदीस्थित फार्ममा उनी घाँसपानीका पालो दिन गएका थिए । ३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए ।  धनञ्जयका जेठा दाजु शिवप्रसाद आचार्य पोखरा ३३ का पूर्व वडाध्यक्ष हुन् ।

राँगोले हानेर उनको शव क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको छ ।

यसैबीच, नेकपा एमाले कास्कीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ