पोखराको मझेरीपाटन स्थित मेरो नेपाल युवा क्लबले आयोजना गरेको छैटौं सेभेन ए साइड फुटबलको उपाधि आयोजक ‘ए’ले जितेको छ ।
स्थानीये रामेश्वरी माविको खेल मैदानमा ‘मेरो नेपाल युवा क्लब ‘ए’ र कसेरि टोल–०१ बीच भएको फाइनल खेलमा मेरो नेपालले कसेरीलाई २–१ गोल अन्तरले हराउँदै उपाधिसहित दुई लाख १ हजार १ सय ११ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
उपविजेता कसेरीले १ लाख १ हजार १ सय ११ नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पायो ।
समापन सत्रको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, विशेष अतिथि वडा नं. १४ का वडाध्यक्ष बोध बहादुर कार्की, पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा नरेनलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार गंगा मेमोरियलका आकाश थपलिया, सर्वोत्कृष्ट गोल रक्षक मेरो नेपालका दिप कार्की, उत्कृष्ट डिफेण्डर कसेरीका युडि पुन र सर्वोकृष्ट खेलाडी मेरो नेपालका सिआर गुरुङलाई ट्रफि र नगदसहित पुरस्कृत गरिएको थियो।
प्रतियोगितामा सहभागी ३३ टिममध्ये गंगा मेमोरियल मसिना एफसी अनुशासित टीम बन्यो । समापन कार्यक्रममा विशेष सहयोगदातालाई सम्मान पत्र प्रदान गरिएको अध्यक्ष एकेन्द्र कुवँरले जानकारी दिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारी, वडाअध्यक्ष थापा, क्लबका तर्फबाट पूर्व अध्यक्ष हरि जिसी र कृष्ण बहादुर कुँवर, सघंसस्थाका तर्फबाट अमर ढुङ्गाना र उमा थापाले बोले ।

सबै तस्वीरः गोलनेपाल डटकम
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन