कास्कीको माछापुच्छ्रे गाउपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाईक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुशल उद्दार गरिएको छ ।
यही असोज २२ गते राति हाईक्याम्पको होटल नमस्तेमा बास बसेर भोलिपल्ट पदयात्रामा निस्केकी चिनियाँ नागरिक २३ वर्षीया बेला मर्दी आधार शिविरतर्फ जाने क्रममा गलत बाटोबाट गएपछि हराएकी थिइन् ।
पर्यटक हराएको सूचनापछि खोजीमा जुटेको स्थानीयवासी, पर्यटक प्रहरी, पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा भैँसी गोठाला मालिकहरु सहितको टोलीले शुक्रबार दिउँसो पर्यटकलाई मर्दीको मुहान कोलङ्गे भन्ने स्थानबाट सकुशल उद्धार गरेको माछापुच्छ्रे –९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार बुधबार र बिहीबार भैँसी गोठका मालिक प्रसाद पौडेल र होटल सञ्चालक सहितको टोलीले साँझसम्म खोजी गरेपनि काँडाघारी, सिस्नो अप्ठ्यारो भौगोलिक अवस्थाका कारण पर्यटकको अवस्था पत्ता लगाउन सकेको थियो । पर्यटकको खोजीका लागि पर्यटक प्रहरी सहितको टोलीले आज विहानदेखी पुनः खोजी कार्य सुरु गरेको थियो ।
“मर्दीको मुहान भन्दा केही तल ठाउँ ठाउँमा लडेको,जुत्ता लगाएको निशान देखेपछि सो निशान पछ्याउँदै ठूलो स्वरमा चिच्यायौ र उताबाट पनि कराउँदै रोएको आवाज सुनेपछि धेरै तल खोलाको किनार नजिक पर्यटकलाई फेला पार्न सफल भयौँ ।” वडाध्यक्ष क्षेत्रीले भने ।
खोजी कार्यमा खटिएको प्रहरी टोलीले पर्यटकलाई सिधिङसम्म ल्याएर पर्यटक प्रहरीको जिम्मा लगाएको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो