पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले बडा दशैंको दिन विभिन्न स्थानमा बस सेवा उपलब्ध गराएको छ । कास्कीको विभिन्न ७ रुटमा कुल १८ वटा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ ।
नेपालीको महान चाड बडादशैंको टीकाको दिन आज पोखरा महानगरपालिका र यातायात व्यवसायीहरुको सहकार्यमा पोखरा महानगरभित्र निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।
दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

उनका अनुसार पोखराका विभिन्न ७ वटा रुटमा ४ वटा कम्पनीका १८ वटा बसहरूले निःशुल्क सेवा दिनेछन् । बस विहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क सञ्चालन हुने प्रजिअ पाण्डेले जानकारी दिए । यात्रुलाई सहज होस् भनेर त्यसरी सञ्चालन हुने बसमा ‘नि:शुल्क बस’ लेखिएको ब्यानर राखिएको उनले बताए ।
यी बसहरूका चालक र सहयोगीलाई सयपत्री फूल माला लगाई सेवा शुभारम्भ गरिएको थियो ।
आज दिनभरी कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म, लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो कि.मी.हुँदै लेकसाईडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुनेछ ।

यात्रुको चाप हेरेर आवश्यक्ता अनुसार रुट, समय र गाडीसमेत थपिने कास्कीका सहायक प्रमुख जल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए । उनले भने,‘जनताको सेवा र राज्यलाई निस्वार्थ सहयोग गर्न हामी तयार छौं । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौं ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्रबहादुर केसीले नागरिकलाई सेवा दिनु आफूहरुको कर्तव्य सम्झेर निःशुल्क बस सेवा सञ्चालन गरिएको बताए । तर, राज्यपनि आफूहरुको व्यवसायीक सुरक्षाका लागि जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।
तस्वीरः सुदर्शन रञ्जीत
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?