गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपालगञ्ज । बर्दियाको नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका एक नेपालीमाथि भारतीय वन रक्षकले गोली चलाएका छन् ।
बर्दियामा भारतीय वन रक्षकले गोली हान्दा नेपाली घाइते भएका छन् । गुलरिया नगरपालिका– ८, आशापुरका बालाराम लोधमाथि भारतीय वन रक्षकले गोली चलाएका हुन् ।
भारतीय सीमा नजिकको आफ्नो खेतमा जंगली जनावर धपाउन गएका लोधलाई भारतीय वन रक्षकले पारीबाट गोली हानेका हुन् । हिजो राति करिब सात बजे उनीमाथि गोली चलाइएको हो । लोधलाई १६ वटा छर्रा लागेको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । नेपाली प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आशापुरबाट केही वर्षअघि भारतीय वन रक्षकले यसरी नै गोली हानेर पक्राउ गरी एक जना लोध नै थर भएका व्यक्तिलाई बेपत्ता पारेका थिए ।
सम्बन्धित खबर
कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति
फिल्म हिट भएपछि मात्रै प्रचारमा जोडिएको भन्दै प्रकाश सपुतको आलोचना, मागे माफी
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
सूचना आयोग प्रमुख आयुक्तमा डा. आचार्य, आयुक्तमा पोखराकी भण्डारी सिफारिस
पूर्व मुमा बडामहारानी रत्नको नर्भिकमा उपचार हुँदै
दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
यो पनि पढौँ
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
बागलुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
तीन जना सवार कार पोखरीमा डुब्यो, दुईको शव फेला, एक जना पौडिएर बाँचे