म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीसहित आठ जना उत्कृष्ट प्रहरी पुरस्कृत भएका छन् ।
६९ औंँ प्रहरी दिवसको अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई पुरस्कार वितरण र सम्मान गरेको हो ।
प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी सहायक निरीक्षक बलबहादुर खड्का, प्रहरी हवल्दार दिपक आले, प्रहरी सहायक हवल्दार खेम परियार, अम्मरबहादुर क्षेत्री, प्रहरी जवान चित्रबहादुर गुरुङ, सविता कुम्हाल र नविन सिंजालीलाई पुरस्कृत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय लगायतले उनीहरुलाई सम्मान गरे ।
सोहि कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा विजयी प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले कानुन कार्यान्वयन, शान्ति सुरक्षा कायम र अपराध अनुसन्धानमा प्रहरीको महत्वपूर्ण भूमिका रहेका बताए ।
प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले नयाँ परिवेश र प्रविधीको विकाससँगै सिर्जना भएका चुनौतिहरु सामना गर्न नेपाल प्रहरीले आफ्नो क्षमता र जनमैत्री कार्यशैली अपनाएको बताए । पुर्व प्रहरी संगठन म्याग्दीका अध्यक्ष भिमबहादुर श्रेष्ठले पनि शुभकामना व्यक्त गरेका थिए ।
प्रहरी निरीक्षक सागर पौडेलले सञ्चालन गरेको कार्यक्रममा अर्का प्रहरी निरीक्षक राजन रायमाझीले स्वागतका साथै प्रहरी महानिरीक्षक बसन्त कुँवरको शुभकामना सन्देश बाचन गरिएको थियो ।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो