काठमाण्डौमा महिला साफ च्याम्पियनशिप आजदेखि सुरू, उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै

काठमाण्डौमा महिला साफ च्याम्पियनशिप आजदेखि सुरू, उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै

saaf womens

काठमाण्डौ – आजदेखि महिला साफ च्याम्पियनशिप शुरु हुँदैछ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने उद्घाटन खेलमा आज भारत र पाकिस्तान खेल्दैछन् । नेपालले भने भोलि भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ । नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds