काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा करिब दर्जन अवसर सदुपयोग गर्न नसक्दा नेपाल अंक बाड्न बाध्य भएको हो ।
साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक कुनै पनि टिमसँग बराबरीमा रोकिएको हो । यसअघिका ६ संस्करणमा नेपालले खेलेका कुल २७ खेलमध्ये २१ मा जित र ६ खेलमा हार बेहोरेको इतिहास छ । अघिल्लो चार खेलमा भुटानको पोस्टमा २३ गोल गरेको नेपाल पाँचौँ भेटमा रोकियो ।
खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालबाट २३औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकिनन् । भुटानको पेनाल्टी बक्समा पाएको बल उनले नियन्त्रणमा राखे पनि प्रहारका लागि केही समय लिँदा भुटानी गोलकिपरले खतरा टारिन् ।
२४औँ मिनेटमा पुनः रश्मिले अवसर सदुपयोग गर्न सकिनन् । यसपटक पनि रश्मिले प्रहारका लागि समय लिँदा उनको प्रहारले जाली चुक्न सकेन ।
त्यसको दुई मिनेटपछि नेपालले अर्को अवसर सदुपयोग गर्न सकेन । प्रीति राईले निकालेको थ्रू बलमा सरु लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो ।
४० औँ मिनेटमा नेपालले गोलको अवसर खेर फाल्यो । रश्मिले राइट साइडबाट गरेको क्रसलाई अमिशा कार्की, सविता रानाले प्रयास गरेपनि गोल निकाल्न सकेनन् ।
दोस्रो हाफमा पनि नेपाली करिब आधा दर्जन सुन्दर अवसरको सदुपयोग गर्न सकेन । इन्जुरी समयमा सविता रानामगरले बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर बाहिरिदा नेपालले अग्रता बनाउन सकेन ।
बराबरीसँग नेपाल र भुटानले समान एक अंक जोडेका छन् ।
प्रतियोगितामा नेपाल समूह बी मा छ । यस समूहमा नेपाल र भुटानसँगै माल्दिभ्स र श्रीलंका छन् ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु