काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा करिब दर्जन अवसर सदुपयोग गर्न नसक्दा नेपाल अंक बाड्न बाध्य भएको हो ।
साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक कुनै पनि टिमसँग बराबरीमा रोकिएको हो । यसअघिका ६ संस्करणमा नेपालले खेलेका कुल २७ खेलमध्ये २१ मा जित र ६ खेलमा हार बेहोरेको इतिहास छ । अघिल्लो चार खेलमा भुटानको पोस्टमा २३ गोल गरेको नेपाल पाँचौँ भेटमा रोकियो ।
खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालबाट २३औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकिनन् । भुटानको पेनाल्टी बक्समा पाएको बल उनले नियन्त्रणमा राखे पनि प्रहारका लागि केही समय लिँदा भुटानी गोलकिपरले खतरा टारिन् ।
२४औँ मिनेटमा पुनः रश्मिले अवसर सदुपयोग गर्न सकिनन् । यसपटक पनि रश्मिले प्रहारका लागि समय लिँदा उनको प्रहारले जाली चुक्न सकेन ।
त्यसको दुई मिनेटपछि नेपालले अर्को अवसर सदुपयोग गर्न सकेन । प्रीति राईले निकालेको थ्रू बलमा सरु लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो ।
४० औँ मिनेटमा नेपालले गोलको अवसर खेर फाल्यो । रश्मिले राइट साइडबाट गरेको क्रसलाई अमिशा कार्की, सविता रानाले प्रयास गरेपनि गोल निकाल्न सकेनन् ।
दोस्रो हाफमा पनि नेपाली करिब आधा दर्जन सुन्दर अवसरको सदुपयोग गर्न सकेन । इन्जुरी समयमा सविता रानामगरले बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर बाहिरिदा नेपालले अग्रता बनाउन सकेन ।
बराबरीसँग नेपाल र भुटानले समान एक अंक जोडेका छन् ।
प्रतियोगितामा नेपाल समूह बी मा छ । यस समूहमा नेपाल र भुटानसँगै माल्दिभ्स र श्रीलंका छन् ।
सम्बन्धित खबर
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो
लायन्स कप भलिबलः एपिएफलाई हराउँदै आर्मी तेस्रो
उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड?
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति