अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालले एक खेलअगावै जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले सिरिज एक खेलअगावै जितेको हो । पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।
निकै रोमाञ्चक बनेको दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै नेपालले खेल सुपर ओभरमा धकेल्यो । सोपमाल कामीले सानदार बलिङ गर्दा सुपर ओभरमा अमेरिकाले दुई विकेट गुमाएर दुई रन मात्र बनाउन सक्यो । तीन रनको लक्ष्य नेपालले चौथो बलमा पूरा गर्यो ।
निर्धारित २० ओभरको खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि नतिजा सुपर ओभरबाट लिइएको हो ।
अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ७ रन चाहिएको थियो । तर, सोमपालको उत्कृष्ट बलिङका कारण उसले अन्तिम ओभरमा ६ रन जोड्दा दुई विकेट गुमायो ।
अमेरिकाका लागि एन्ड्रिज गौसले ४३ बलमा चार छक्का र तीन चौकासहित सर्वाधिक ६२ रन बनाए । यस्तै, साइतेजा मुक्कामल्लाले ४७, मिलिन्द कुमारले १५ र शायन जहाँगीरले १४ रन जोडे । नेपालका लागि बलिङमा करण केसीले ४ ओभरमा ३५ रन दिएर तीन विकेट लिए ।
यस्तै, सोमपाल कामीले ४ ओभरमा ३४ रन खर्चेर दुई विकेट हात पारे । सागर ढकाल र दीपेन्द्र सिंह ऐरीको नाममा एक/एक विकेट रह्यो । त्यसअघि डालासस्थित ग्रान्ड प्रेरी मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले आक्रामक पारी खेले । ५४ बलको सामना गरेका उनले ६ छक्का ७ चौकाको मद्दतमा अविजित ९२ रनको पारी खेलेका हुन् । टी–२० आईमा कुशलको यो नवौँ अर्धशतकीय पारी हो । उनी यस खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यस्तै, दोस्रो खेलमा अनिलकुमार साहले २५, गुलशनकुमार झाले १९ र कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे । करण केसीले एक बलमा अविजित ६ रन बनाए । उनले अन्तिम बलमा छक्का हिर्काउँदै उत्कृष्ट फिनिसिङ गरे ।
अमेरिकाका लागि नोस्तुश केन्जिगे र जसदीप सिंहले दुई/दुई तथा सौरभ नेत्रावल्करले एक विकेट लिए । यो जितसँगै सिरिजमा नेपालले २–० को अग्रता लिएको छ । नेपाल र अमेरिकाले तेस्रो टी–२० आई सोमबार खेल्ने तालिका छ ।
नेपाल र अमेरिका आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप टी–२० सिरिज खेलिरहेका हुन् । आसन्न लिग–२ सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डको सामना गर्नेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला