सातौँ संस्करणको महिला साफ फुटबल च्याम्पियनशिपको दोस्रो खेलमा नेपालले कीर्तिमानी जित हासिल गरेको छ ।
घरेलु दशरथ रंगशालाको मैदानमा नेपालले अहिलेसम्मकै फराकिलो जित हासिल गर्ने क्रममा माल्दिभ्समाथि ११-० को जित हासिल गरेको हो ।
दशरथ रंगशालामा नेपाली चेलीहरुले यति ठूलो फराकिलो अन्तरको गोल यसअघि गरेका थिएनन् । नेपालका लागि रेखा पौडेल एक्लैले ५ गोल गरिन् । त्यस्तै प्रिती राईले ३ गोल गरिनन् ।
सविता राना मगर, अमिषा कार्की र अनिता केसीले १-त्र गोल गरे । आधा दर्जन गोल गर्ने अवसर त नेपालले मध्यान्तरअघि नै खेर फालेको थियो ।
पहिलो खेलमा अहिलेसम्म जितमात्रै निकालेको भुटान सामु गोलरिहत बराबरी खेल्दै अंक बाँड्न परेपछि नेपाल दबाबमा रहेको थियो । तर नेपालले माल्दिभ्सलाई भने कुनै मौका नै दिएन ।
यसअघि नेपालले सन् २०१६ मा माल्दिभ्सलाई ९-० पराजित गरेको थियो। पाँच पटकको उपविजेता नेपाल उपाधिका लागि तिर्खाइरहेको छ । तर अहिलेसम्म त्यो अवसर आएको छैन ।
समूह बी को खेलमा नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । भुटानले आजको खेलमा श्रीलंकालाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना कायमै राखेको छ ।
भुटान ४ अंकसहित दोस्रो स्थानमा छ । श्रीलंका ३ अंकसहित दोस्रो स्थानमा छ । नेपाल १ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ । साफमा नेपाल र माल्दिभ्स चार पटक आमने सामने भएका छन् । नेपालले सबै खेल जितेको छ ।
यता नेपालमा फर्केकी साफ च्याम्पियनशिपमा १९ गोल गरिसकेकी सावित्रा भण्डारी ‘साम्बा’ लाई आज मैदानमा भने प्रशिक्षकले उतारेनन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन