पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारीको रकम अपचलनमा दोषी देखिएका जो सुकैलाई पनि कारबाही हुने बताएका छन् ।
नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले एमालेकै नेता, कार्याकर्ता नै सहकारी ठगीमा दोषीदेखिए कारबाही हुने बताए । ‘ एमाले पार्टीकै नेता, कार्याकर्ता वा जोसुकनै भएपनि दोषी देखिए कानुनी कारबाही हुन्छ,’ उनले भने,‘ यो पार्टी, वा त्यो पार्टीका मान्छे भनेर कसैले छुट पाउँदैनन्, कारबाही भोग्नै पर्दछ ।’
वि लामिछाने यतिखेर कास्की हिरासतमा रहँदा उनले त्यता इंगित गर्दै भने, ‘विधिसम्मत्, प्रक्रियासम्मत् र कानुनसम्मत् ढंगले त्यसको छिनोफानो हुनुपर्छ । मान्दिनँ भनेर अघि बढ्यो भने हामीहरुलाई कुनै पनि हालतमा मञ्जुर छैन । स्वीकार्य छैन ।’

उनले कोही पनि व्यक्ति बेथिति, अनियमिता, भ्रष्टाचारमा संलग्न भए सजायको भागीदार हुनैपर्ने कुरा सम्बोधनक्रममा पटक–पटक दोहो¥याए । देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भएकाले त्यो किःमार्थ स्वीकार्य नहुने बताए । उनले कानून मान्दिनँ भन्न पाइन्न भने ।
चुनावमा कांग्रेस र एमालेकै प्रतिष्पर्धा हुने भएपनि देशको आवश्यकता अनुसार अहिले सत्ता सहकार्य भएको उनले बताए । नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा एमाले र नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका छ,’ उनले भने,‘ राष्ट्र संकटमा परेको वा राष्ट्रिय समस्या समाधान गर्न दुई पार्टीबीचको सहकार्य अपरिहार्य छ, अहिलेको परिस्थिति पनि त्यहीँ हो ।
’नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य तथा गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतले बोलेका थिए ।
नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । गत असोज ११ र १२ गतेको बाढी पहिरोले ठूलो धनजनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले असोज १७ गते घटस्थापनाको दिन गर्ने भनिएको कार्यक्रम स्थागित गरी आज गरिएको हो । नेपालीका चाडपर्वका अवसरमा प्रत्येक वर्ष नेकपा एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ