पोखरा । ११ औं संस्करणको मिस पोखरा–२०२४ को ताज सृष्टि खड्काले पहिरेकी छन् । बागलुङ गलकोट घर भई हाल पोखरा काजीपोखरी निवासी खड्का मिस पोखरा घोषित हुँदै स्कुटर र नगद ५० हजार पुरस्कार जितेकी छन् ।
मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारिन् । मिस पोखरा खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहिराइदिएकी थिइन् ।
यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप भइन् । उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे । रेखाले वेष्ट इन्टेलेक्टको समेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।
स्थापनाको स्वर्ण वर्ष मनाइरहेको पोखरा जेसीजले इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरालाई निरन्तरता दिएको हो । त्यसका लागि तीन चरणको अडिसन लिइएको थियो । देशभरबाट छानिएका प्रतिस्पर्धी उत्कृष्टलाई एक महिनासम्म विभिन्न तालिमपछि शनिबार पोखरा सभागृहमा ग्राण्ड फिनालेमा उतारिएको हो । जसमा १६ प्रतिस्पर्धी ¥याम्प उत्रिएका थिए ।
परिचय राउण्डदेखि नै दर्शकको मन जितेकी सृष्टिले महत्वपूर्ण सवटाइटलसमेत आफ्नै पोल्टामा पारेकी छन् । उनले भ्यूओर च्वाइस, पपुलारिटी र पर्सनालिटीको अवार्ड जितिन् । उनी पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम)की छात्रा हुन् । उनी बीबीए अध्ययनरत छिन् ।

उत्कृष्ट ५ भित्र पर्न सफललाई मुख्य निर्णायक सुवर्ण क्षत्रीले २ मिनेटको समय दिएर ‘युवा नेता र वृद्ध नेता (अनुभवी) मध्ये तपाईंले कसलाई चुन्नुहुन्छ ? र, किन ?’ भनी प्रश्न सोधेका थिए । ५ भित्र परेका ईशा पराजुली र सिम्रन श्रेष्ठसमेतले लिखित जवाफ दिएका थिए । सबैजसो युवा नेता मन पर्छ भन्दै काठमाडौंका मेयर बालेन शाहको उदाहरण दिएका थिए । तीमध्ये सृष्टिको उत्तरले भने निर्णायकको मन जितेको होे ।
अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा गरी ७ जना थिए ।
सृष्टिलाई मिस नेपालमा भाग लिने अवसर
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले क्षमता प्रस्फुटनमा यस प्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसबाट युवा नारीको आत्मबल बढ्ने बताए । विभिन्न तालिमबाट प्राप्त ज्ञानले भविष्यमा पुरुष समान काम गर्न सक्ने हिम्मत बढ्ने बताए ।
पोखरा जेसीज अध्यक्ष देवराज शर्माले युवा नारीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यो व्युटी पेजेन्टलाई निरन्तरता दिइएको बताए । कार्यक्रम सफल पार्न सघाउने सम्पूर्णमा उनले धन्यवाद दिए ।
कार्यक्रममा मिस नेपाल–२०२४ आश्माकुमारी केसी, नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष राजाराम गौतम, पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं मूल कार्यक्रम संयोजक श्रीकृष्ण सुनार, इभेन्ट फर युका अध्यक्ष विशाल गुरुङलगायत बोलेका थिए । कार्यक्रममा मिस नेपाल आयोजक हिडन ट्रेजरका डाइरेक्टर प्रमोद कंशाकारको पनि उपस्थिति थियो ।
रेड कार्पेटसहित करिब ५ घण्टा चलेको कार्यक्रमको संचालन पोखरा जेसीज महासचिव तिलकप्रसाद लामिछाने र उरुषा जोशीले गरेका थिए । सन् १९७५ सालमा केशवलाल श्रेष्ठको अध्यक्षतामा स्थापना भएको पोखरा जेसीजले यसबाहेक विविध कार्यक्रम गरिरहेको छ । पहिलोपल्ट सन् १९९५ मा मिस पोखरा भएको थियो ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प