अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु भएको छ । सोमबार पाटनस्थित बङ्गलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।
फिल्ममा अनमोलको अलवा भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्नेबुढा’, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, सङ्गीता मगर र सुष्मा निरौलाको अभिनयमा रहने छ ।
कार्यक्रममा अनमोलले आफूलाई सधैँ राम्रो फिल्म गर्ने भोक रहेको भन्दै जेरीको कथावस्तुले आफू लोभिएको बताए ।
६० दिनको सेड्युल लिएर फ्लोरमा निस्केको फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाखमा छायाङ्कन हुने एसोसिएट निर्माता विवेक थापाले जानकारी दिए ।

शुभ साइत कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङको सहभागिता थियो । गुरुङले फिल्मलाई सफलताको शुभकामना दिए ।
सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको लगानीमा न्यौपानेलाई दीपक भण्डारी, रोबिन शेरचन, रामकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताका रूपमा रहेका छन् ।

सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा हेमराज बिसीको हो । यो फिल्ममा विश्व तिमिल्सिनाको पटकथा छ ।
फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन् । फिल्ममा किरण थापाको कोरियोग्राफी र विर्जेश श्रेष्ठको संगीत रहनेछ ।
सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’