पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले कै परिस्थितिमा नेकपा एमाले र माओवादी केन्द्रसँग एकता असम्भव रहेको बताएका छन् ।
समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – ‘एमालेसँग त कल्पना पनि गरिएको छैन, माओवादी केन्द्रसँग पनि एकता बारे खासै छलफल भएको छैन, तत्कालका लागि मोर्चामार्फत नै अघि बढ्न सकिन्छ ।’
नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उनको भनाइ छ । अध्यक्ष नेपालले पार्टीभित्र विवाद भएको हल्ला गरिए पनि त्यस्तो कुनै विवाद नभएको जिकिर गरे । उनले भने, ‘केही साथीका गुनासा हुन्, भर्खर महाधिवेशन सकिएको अवस्थामा यस्ता गुनासा आउनु कुन नौलो कुरा भयो र ?
अध्यक्ष नेपालले संविधान संशोधन गरेर प्रदेश र स्थानीय सरकारलाई काम दिन आवश्यक रहेको उनले बताए । संविधान संशोधनको कुरा गफ गरेर मात्र नहुने भन्दै उनले सरकारले अग्रसरता लिएर सबै दललाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपाल शनिबार पोखरा आएका हुन् । आइतबार पार्टीको गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकमा सहभागी भएका अध्यक्ष नेपालले आज कास्की कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैछन् ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी