विभिन्न ब्रान्डका हराएका मोबाइल फेला पारी स्याङ्जा प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा विभिन्न मितिमा आफ्ना मोबाइल सेट हराएको भनी सर्वसाधारणहरुले निवेदन दिएसङ्गै खोजतलास गरेको स्याङ्जा प्रहरीले ६ थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठले निवेदन अनुसार फोन सम्पर्क गर्दा बाटोमा फेला पारेर ल्याएको भन्दै प्रहरी कार्यालयमा दिएपछि सम्बन्धित धनीलाई मोबाइल बुझाउन सहज भएको बताए ।
मंगलबार हस्तान्तरण गरिएका मोबाइल भिभो, हुवावे, इन्फिनिक्स, रेड्मी, रियलमी लगायत कम्पनीका छन् ।
स्याङ्जाका धन सुबा सार्की, नरेन्द्रराज अर्याल, हर्कमान थापा, लिल बहादुर दर्जी, सन्तोष विश्वकर्मा र कृष्ण प्रसाद तिवारीलाई मोबाइल बुझाइएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले हराएका मोबाइल सेटहरु अनुसन्धान गरेर फेला पारी आफूहरुले पाउँदा मोबाइल धनीहरुले खुशी व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार यो आर्थिक वर्षमा १७ वटा मोबाइल हराएको निवेदन आएको छ । नभेटिएका अन्यको कानुनअनुसार अनुसन्धान गरेर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने