साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेशसँग हारेपछि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिने घोषणा गरेका छन्।
साफ महिला च्याम्पियनसिपको उपाधि दिलाउन नसकेकोमा त्यस्को जिम्मेवारी लिँदै उनले प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका हुन्।
बुधबार घरेलु मैदान दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशसँग २-१ गोल अन्तरको हार ब्यहोरेको थियो।
उनले अब राष्ट्रिय टोलीसँग काम नगर्ने र क्लब फुटबलमा नै जाने जानकारी दिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८० माघ १० मा तामाङलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसअघि उनले थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब सम्हालेका थिए।
तामाङले साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा पनि नेपाली टोली सम्हालेका थिए। उक्त प्रतियोगितामा पनि नेपाल फाइनलमै पराजित भएको थियो। जोर्डनले नेपाली टोलीमाथि विजय प्राप्त गरेको थियो।
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालको यो छैटौँ हार हो भने समग्र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सन् २०१० यता नेपाली राष्ट्रिय महिला टोलीको १२ औँ हार हो।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो