पोखरा- सहकारीको रकम ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ।
म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो।
रविलाई कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई पोखरा ल्याइपुर्याइएको हो।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार बिदाले अदालत बन्द भएपछि आज अदालतमा उपस्थित गराइँदै छ।
प्रहरीले लामिछानेको सरकारी वकिलको रोहबरमा बयान लिइरहेको छ। उनलाई आज म्याद थपका लागि तेस्रो पटक अदालत उपस्थित गराइँदै छ।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अनुसन्धानका लागि उपस्थित गराइदिन पत्राचार गरेकाले म्याद थपपछि पठाउने कास्की प्रहरीको तयारी छ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज अदालतमा पेश गरिनेछ।
उनी गएको असोज ६ गते पक्राउ परेका थिए।
सम्बन्धित खबर
जिवन ज्योति सेवा केन्द्रद्वारा पत्रकार रानाभाट र सेन सम्मानित
१४औं एन प्याव्सन खेलकुद महोत्सव जारी
लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने
प्याब्सन स्पोर्टस् मिट: हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो