तनहुँ । तनहुँमा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बिहीबार भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले ३९ वर्षीया श्रीमती प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हत्या अभियुक्त ओमनारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
जिवन ज्योति सेवा केन्द्रद्वारा पत्रकार रानाभाट र सेन सम्मानित
१४औं एन प्याव्सन खेलकुद महोत्सव जारी
लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने
म्याग्दीमा भेटियो रेडपाण्डा
स्याङ्जा कारागारमा मानवअधिकारकर्मी सहितको निरीक्षण
अर्जुनचौपारीमा रेबिज रोग सम्बन्धी सचेतना गोष्ठी
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो