तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई रजत पदक दिलाएका छन्।
बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सको आयोजनामा मालेमा शुक्रबार भएको च्याम्पियनसिपमा नेपालले तीन पदक जितेको हो।
प्रज्वलमानले मास्टर्स ४०–४९ उमेरसमूहका ८० केजीमुनि तौलसमूहमा रजत जितेका हुन्। यसमा १० जना प्रतिद्वन्द्वी थिए। उनले ६५ केजीतर्फ भने उत्कृष्ट पाँचमा स्थान बनाएका थिए।
रुजेशले ६० केजी तौल समूहमा रजत जिते । वर्ल्ल्ड च्याम्पियनसिपमा उनको त्यो तेस्रो पदक हो। उनले यसअघि सन् २०१५ मा रजत र २०१७ मा कास्य जितेका थिए। यो स्पर्धामा थाइल्याण्डका खेलाडीले स्वर्ण हात पारेको बताइएको छ।
रजनीले ५५ केजीमाथि नेपाललाई रजत दिलाए। स्पर्धामा भियतनामकी खेलाडीले स्वर्ण जितिन्। रजनीले यसअघि ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। वर्ल्ड च्याम्पियनसिपमा उनको यो पहिलो सहभागीता हो।
प्रतियोगितामा नेपालका ६ बडिबिल्डरले प्रतिस्पर्धा गरिरहेका छन्। ललित धिमाल, रजित आचार्य र सनम मूलगुठीले शनिबार प्रतिस्पर्धा गर्दैछन्।
रुजेश र रजनीले मिक्स पेयरमा तथा सनम मुलगुठीले स्विम सुट र मोडल फिजिक्समा दाबेदारी प्रस्तुत गर्दैछन्। जारी च्याम्पियनसिपमा ४१ राष्ट्रका ३ सय खेलाडीको सहभागिता रहेको जनाइएको छ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)