पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज पुनः अदालतमा उपस्थित गराउँदैछ ।
अनुसन्धानका लागि अदालतले कात्तिक १४ मा दिएको १० दिनको म्याद शनिबार राति सकिएसँगै प्रहरीले उनलाई आइतबार अदालतमा उपस्थित गराउन लागेको हो ।
प्रहरीले पाएको म्याद सकिएपछि आज फेरि अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सहकारी ठगीमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आज पनि प्रहरीले थप म्याद माग्ने बताइएको छ ।
यसबीच आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।
रास्वपाले बिहान १० बजे जिरो चौममा जम्मा भएर वाइचोकमा पुगेर सभा आयोजना गर्नेछ । रास्वपाले रविलामिछानेलाई अदालत पेस गर्दा प्रदर्शन गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
जिवन ज्योति सेवा केन्द्रद्वारा पत्रकार रानाभाट र सेन सम्मानित
१४औं एन प्याव्सन खेलकुद महोत्सव जारी
लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने
म्याग्दीमा भेटियो रेडपाण्डा
स्याङ्जा कारागारमा मानवअधिकारकर्मी सहितको निरीक्षण
अर्जुनचौपारीमा रेबिज रोग सम्बन्धी सचेतना गोष्ठी
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो