पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका ढोरपाटनको मेयर देवकुमार नेपालीलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेपालीलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएर बयान लिन सुरू गरिएको हो।
मेयर नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए। इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप लागेको छ।
सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।
सम्बन्धित खबर
जिवन ज्योति सेवा केन्द्रद्वारा पत्रकार रानाभाट र सेन सम्मानित
१४औं एन प्याव्सन खेलकुद महोत्सव जारी
लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने
प्याब्सन स्पोर्टस् मिट: हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो