पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
टुईन्स कलेक्सन बुद्घ बिशाल बजारका सञ्चालक पौडेल बुद्ध बिशाल बजार व्यापरिक एशोसियसनका प्रवक्त्ता समेत हुन । पत्रकार समेत रहेका पौडेल विभिन्न संघ संस्थामा समेत आवद्ध रहेका छन् ।
पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष शितल युवा क्लव पोखरा १२ को सल्लाहकार जुत्ता व्यवसायी समिति कास्कीको प्रेस संयोजक कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनको प्रेस संयोजक सुर्केमैदान सिर्जनशील क्लव पोखरा २८ को संस्थापक अध्यक्ष समेत रहेका छन् ।
पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा चयन भएका पौडेलले संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । अध्यक्ष कार्कीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहणसमेत गराइसकेका छन् ।
संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष कार्कीले यसअघि सोवित पौडेल, कमलबहादुर सुनार र नवीन पौडेललाई मनोनित गरिसकेका छन्।
संघको विधान २०६५९ पहिलो संशोधन २०७२० को परिच्छेद ६ को धारा ६.१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरुलाई अध्यक्ष कार्कीले मनोनित गरेका हुन् । पौडेलको यो मनोनयसँगै पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिले पूर्णता पाएको छ ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु