पोखरा । मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइडको शव फेला परेको छ ।
६२ वर्षीय लालबहादुर तामाङको शव मर्दी हिमालको करिब ५ हजार ४ सय मिटरको उचाईमा भेटिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।
शवको खोजीका लागि नर्वेका नागरिकसहित ३ जनाको टोली काठमाडौंबाट हेलिकप्टरमा परिचालन भएका थिए । प्रतिकुल मौसम र भौगोलिक कारण तामाङको शव निकाल्न कठिनाई देखिएको वडाध्यक्ष क्षेत्रीले बताए ।
तामाङको शव निकाल्न सके आज हाइक्यापमा राखेर भोलि मात्र पोखरा ल्याइने उनले बताए ।
नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने गाइड बनेर कात्तिक २३ गते गएका तामाङको आरोहणकै क्रममा लडेर कात्तिक २५ गते शनिबार मृत्यु भएको थियाे।
सम्बन्धित खबर
जिवन ज्योति सेवा केन्द्रद्वारा पत्रकार रानाभाट र सेन सम्मानित
१४औं एन प्याव्सन खेलकुद महोत्सव जारी
लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने
प्याब्सन स्पोर्टस् मिट: हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो