नेपालले यूएईमा जारी यू-१९ महिला विश्वकप टी-२० क्रिकेटको एसिया छनोट खेलमा कुवेतमाथि कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालका लागि यो फराकिलो अन्तरको कीर्तिमान हो । नेपालले दिएको दुइ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रन बनाउँदै अल आउट भएपछि नेपाल एक सय ६५ रनले विजयी भएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले कीर्तिमानी आठ रन खर्चेर पाँच विकेट लिइन् । उनी एकै खेलमा पाँच विकेट लिने र शतक बनाउने पहिलो खेलाडीसमेत बनेकी छन् ।
यसअघि टस जितेर पहिले ब्याटिंग गरेको नेपालले कप्तान पूजा महतोको शानदार कीर्तिमानी शतकको मद्दतले २० ओभरमा दुइ विकेट गुमाउँदै दुइ सय १३ रन बनाएको थियो ।
५७ बलमा शतक पूरा गरेकी पूजाले ६९ बलमा अविजित रहँदै एक सय ३० रन बनाइन् । त्यस्तै उपकप्तान सोनी पाख्रिनले अविजित रहँदै ३३ बलमा ४३ रन बनाएकी थिइन् । दुवैबीच तेस्रो विकेटका लागि कीर्तिमान एक सय ५७ रनको साझेदारी भएको छ ।
यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्वाधिक ठूलो स्कोर हो । त्यस्तै पूजाको यो अहिलेसम्मकै सर्वाधिक रन हो ।
यसअघि यूएईले कुवेत विरुद्ध नै दुइ सय ११ रन बनाएको थियो । यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतबार यूएईकी लाभन्या केन्याले कुवेतविरुद्ध ९९ रन बनाएकी थिइन् ।
यो जितसँगै नेपालले शीर्ष स्थानमा रहेर विश्वकपमा छानिने आशा जीवितै राखेको छ । यसअघिको पहिलो खेलमा नेपाललाई पराजित गरेको यूएईको नेट रन रेट निकै राम्रो भएका कारण नेपालले कुवेतलाई त सोचेजस्तै हरायो । अब अन्तिम खेलमा यूएईविरुद्धको खेल पनि फराकिलो अन्तरले जित्नुपर्ने हुन्छ ।
सामान्य जितलेमात्र नेपालले यूएईलाई पछि पारेर शीर्ष स्थानमा रहने अवस्था रहँदैन । प्रतियोगितामा नेपालले पाँच खेलमा ४३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ । नेपालले यसअघि कुवेतलाई एक सय आठ रनले पराजित गरेको थियो ।
नेपालले यस प्रतियोगितामा बिहीबार यूएईसँग खेल्ने तालिका छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।
डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो