लमजुङ । दूधपोखरी गाउँपालिकामा सुत्केरी व्यथा लागेको २० घण्टापछि एक प्रसव पीडामा रहेकी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
दूधपोखरी वडा नं. १, कल्लाबारीकी २७ वर्षिया प्रीतिमाया गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरेर पोखरा ल्याइएको हो ।
बिचौर स्वास्थ्य चौकीका अनमी सविना मरहट्टाले बुधबार अपरान्ह ४ बजेतिर गुरुङलाई हेलिकप्टरमार्फत उद्दार गरेर पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको बताइन् ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा सिम्रिक एअरको हेलिकप्टर मार्फत पोखरा ल्याइएको हो । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार प्रदेशमा सहज रूपमा बच्चा जन्माउन नसकेर पीडामा रहेका गर्भवतीलाई तत्काल बाहिर लैजानुपर्ने भएमा मन्त्रालयबाटै हेलिकप्टर उपलब्ध गराउँदै आएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याई गुरुङको शल्यक्रिया गरी छोरी जन्मिएको छ । हाल चिकित्सकको निगरानीमा रहेका सुत्केरी र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
गुरुङलाई मंगलबार साँझ ८ बजेतिरबाट सुत्केरी व्यथा लागेको र राती ३ बजे बिचौर स्वास्थ्य चौकीमा ल्याइएको अनमी मरहट्टाले जानकारी दिइन् ।
‘गुरुङको स्वास्थ्यवस्था सामान्य थियो । आज (बुधबार) बिहान ९ बजे पुरै घर खुलेको थियो । तैपनि सुत्केरी हुन सकेको थिएन’ उनले भनिन्, ‘पछि सुत्केरी हुन असहज हुन सक्ने अवस्था देखेर हामीले रिफर गरेका हौं ।’
त्यसपछि हेलिकप्टरका लागि पहल गरिएको र हेलिकप्टरमार्फत प्रसव पीडामा रहेकी महिलालाई सुविधायुक्त अस्पतालमा लैजान सफल भएको उनले बताइन् ।
दूधपोखरी गाउँपालिका वडा नं. १ का अध्यक्ष दुर्गामान गुरुङले महिला सुत्केरी हुन नसकेपछि गण्डकी प्रदेश सरकारसंग आग्रह गरेर महिलालाई हेलिकप्टरमार्फत उद्दार गरिएको बताए ।
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती