पोखरा आउने क्रममा मनिष बर्दिबासबाट बेपत्ता, पाँच दिनदेखि खोजी जारी

बेपत्ता

पोखरा आउने क्रममा मनिष बर्दिबासबाट बेपत्ता, पाँच दिनदेखि खोजी जारी

मनिषको बारेमा जानकारी भएमा प्रहरीमा सम्पर्क गरिदिन अनुरोध

Manish Bhandari

मोरङबाट पोखरा आउने क्रममा एक किशोर बर्दिबासबाट बेपत्ता भएका छन्। पथरीका मनिष भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन छन्।

उनलाई अन्तिम पटक महोत्तरीस्थित एक होटलको नजिक देखिएकाले त्यही लोकेशन लाई आधार बनाएर खोजी कार्यलाई अघि बढाइएको परिवारले जानकारी दिएको छ ।

‘यो मोबाइल उनी स्वयंले बोकेको हो वा कसैले फेला पारी त्यहाँ लगेको हो भन्ने कुरा अझै प्रष्ट छैन’, उनका दाइ अनिषले भने ।

अनिषका अनुसार आइतबार बेलुकीबाट हराएका मनिषको मोबाइल भोलिपल्ट सोमबार बिहान ७:१७ मा बर्दिबासको होटल नमो बुद्ध प्रा. लि. को आसपासमा अन्तिम पटक लोकेट भएको थियो।

काकडभिट्टाबाट आएको उक्त बस खाना खानका लागि कञ्चनरूप स्थित एक होटलमा रोकिएको थियो । बस रोकिएको ४ मिनेटपछि बेलुका ८:४९ बजे होटलमा प्रवेश गरेको देखिएको तर केही समयपछि उनी होटलबाट बाहिर गएको हुनसक्ने अनुमान गरिएको छ’, दाइ अनिषले भने।

परिवार र प्रहरीले खोजी गरिरहेका छन्। खोजी कार्यमा संलग्न सबैले उपलब्ध जानकारीलाई ध्यानमा राख्दै सम्भावित सबै ठाउँमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।

‘यदि कसैसँग मनिषको बारेमा जानकारी भएमा परिवारको सम्पर्क नम्बरहरू ९८२७१५०८८९ र ९८४६०६९९६६ मा वा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछौं’, परिवारले भनेको छ।

१७ वर्षका मनिष पोखरामा पढ्दै आएका छन् । उनी पढाईमा अब्बल विद्यार्थी हुन् । यसअघि पनि मनिष एक्लै मोरङबाट पोखरा आउने गरेका थिए ।

उनको फोनबाट आमा, दाइ र मामाबाहेक अरुसँग कुरा नभएको देखिएको र वेपत्ता हुनुपर्ने कुनै कारण नभएकाले परिवारले अपहरणको आशंका गरेको छ ।

यद्यपी, हालसम्म कसैबाट फिरौति माग नभएकाले पैसाका लागि अपहरण भएको मान्न नसकिने परिवार बताउँछन् । भारतीय सीमा नजिकै भएकाले मानव तस्करले अपहरण गरेको शंका परिवारले गरेको छ । प्रहरीले यस कोणबाट पनि अनुसन्धान अघि बढाएको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds