पोखरा । नेपाली अग्रणी कन्फेक्सनरी उद्योगका रुपमा परिचित नाम सुजल फुड्स प्रालिले हरेक नेपाली माझ लोकप्रिय क्यान्डी रिमझिम बललाई पुनः बजारमा ल्याउने जनाएको छ ।
सन् १९७६ मा सुरु गरिएको यो क्यान्डी ८० र ९० दशकका पुस्ताको लागि यादगार स्वादको प्रतीक बन्न सफल भएको थियो । उबेला ब्ल्याकबल उपनामबाट परिचित यस क्यान्डीको अनौठो पिरो र मिठ्ठो स्वादले सबैको मन जितेको थियो।
सुजल फुड्सले फेरि एकपटक उपभोक्ताहरूमाझ पिरो मिश्रित मिठो स्वादको पुरानो यादलाई ताजा बनाउन रिमझिम बल पुनः लन्च गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय विभिन्न मिडिया प्लेटफर्महरूमा यस ओरिजिनल ब्ल्याक बल क्यान्डीबारे निकै चर्चा र उपभोक्ताहरूको मागका कारण यसलाई पुनः बजारमा ल्याउने निर्णय गरिएको कम्पनीको भनाई छ ।
सुजल फुड्सले रिमझिम बलको पुनः लन्चको सुरुवात पोखराबाट गर्ने पनि जनाएको छ । पुराना उपभोक्ताहरूलाई बाल्यकालका सम्झनाहरू दिलाउने र फेरी एकपटक आफ्नो मन पर्ने क्यान्डी खान पाइने कम्पनीको विश्वास छ ।
नयाँ पुस्तालाई पनि तिक्खर स्वादहरूको खोजीमा पुरानो मिठासको अनौठो अनुभूति दिनेमा कम्पनी ढुक्क छ । सुजल फुड्सले यस रिमझिम बलको पुनः लन्च अभियानबारे थप जानकारी चाँडै सार्वजनिक गर्ने पनि जनाएको छ ।
जहाँ पुराना प्रशंसकहरूलाई पुराना यादरुको यात्रा गराउँदै नयाँ पुस्तालाई नयाँ र फरक स्वादको अनुभव दिने योजना बनाइएको सुजल फुड्स प्रालिले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन