अर्जुनचौपारी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने भएको छ ।
अर्जुनचौपारी गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत शैक्षिक महोत्सव यहि मङ्सिर ६ गतेदेखि ८ गतेसम्म पालिकाको खेलमैदानमा संचालन हुने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए ।
पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीबिच छात्र र छात्रा चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प, त्रीपलजम्प, छेलो हान्ने, कबड्डी, भाला फाल्ने, भलिबल तथा विभिन्न दुरीमा दौड लगायतका प्रतियोगिता हुने पाण्डेले बताए ।
आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा पालिकाभित्रका ३३ विद्यालयका विद्यार्थीहरुको सहभागी रहने पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रत्येक खेलाडीको एक लाख रुपियाँ बराबरको बिमा गरिने बताउँदै विद्यालयस्तरमा अध्ययन गर्ने विद्यार्थीहरुको खेलप्रति रुचि बढाउने, प्रतिस्पर्धामार्फत उत्कृष्ट खेलाडी छनौट गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्न प्रतियोगिता एवं महोत्सव राखिएको अध्यक्ष तिवारीले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ