पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ ।
पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संघसंस्था, निजी क्षेत्रका प्रतिनिधिले मंगलबार काठमाडौंमा प्रधानमन्त्रीलाई भेट गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले सन् २०२५ लाई नेपाल सरकारले नेपाल भ्रमण बर्षको रूपमा मनाउन लागेकोले आसन्न चीन भ्रमणको सन्दर्भमा यी विषयमा आफुले प्राथमिकताका साथ कुरा राख्ने बताएका थिए । पोखरा र गण्डकी प्रदेश पर्यटनको अथाह सम्भावना भएकोले यसको विकासका लागी आफू प्रतिबद्ध भएको र आफ्नो राजनीतिक जीवनकालमा पोखरासँगको छुट्टै सम्बन्ध भएको प्रधानमन्त्रीले स्मरण गरे ।
सोही अबसरमा निजी क्षेत्रको तर्फबाट पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ध्यानाकर्षणपत्र पेश गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र पोखरा जोड्ने सडक मार्ग निमाणको काममा भएको ढिलासुस्ती बारे ध्यानाकर्षण गराएका थिए ।
यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गण्डकी प्रदेशका पर्यटनमन्त्री बस्यालले पर्यटन राजधानी पोखरामा पर्यटक वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गरे ।
भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री प्रसाद पाण्डे, नेपाल वायुसेवा निगमका महानिर्देशक प्रदीप अधिकारी, प्रदेश मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पर्यटन तथा उद्योग कार्यालय कास्की प्रमुख दिनेश आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, महासचिव जीवनराज सापकोटा, निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्य, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, टेशा पोखराका अध्यक्ष प्रमोद भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष बाबुराम गिरी लगायत विभिन्न पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु