पोखरा । तालचोक–बेगनास सडक खण्ड विस्तारको काम भइरहेको छ ।
विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडकको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मीलित टोलीले स्थलगत अवलोकन गरेको हो ।
टोलीले तालचोक–बेगनास सडक–खण्ड, कालिकास्थान–पुँडीटार–लामेआहाल सडक र शिशुवा सिसाघाट सडकको समेत अवलोकन गरेको छ । टोलीले तालचोकको बेगनासको सडकका सम्बन्धमा तोकिएको समयमा नै काम सक्ने गरी कामको गति बढाउन ताकेता गरेको छ भने, अन्य दुई वटा सडकको पछिल्लो प्रगति निकै राम्रो रहेको बताएको छ ।
३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनमा स्तरोन्नति हुदैँछ । १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच हुनेछ ।
उता कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको भने सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम भइरहेको छ । करिब १२.४४ कि.मी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २/२ मिटरको फुट ट्र्याक हुनेछ । विश्व बैंकको ३ अरब आर्थिक सहायतामा यो सहित तालचोक बेगनास सडक र शिशुवा–शिशाघाट सडक स्तरोन्नति गर्न लागिएको हो ।
यी सडकहरू निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई आवागमनमा सहजता प्रदान हुनुका साथै कृषिजन्य उत्पादनहरूको बजारीकरणमा समेत उल्लेखनीय योगदान गर्नेछ ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ