काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएपल) को ट्रफी सार्वजनिक गरेको छ।
सुनधारीस्थित धरहरा परिसरमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडीले संयुक्त रुपमा ट्रफी अनावरण गरे।
अनावरण पछि प्रधानमन्त्री केपी शर्मा ओलीसहतका मार्की खेलाडीले धरहराको टुप्पोमा ट्रफीसँग सामूहिक फोटो खिचाएका थिए।
ट्रफी सार्वजनिक कार्याक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए।

‘खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन। खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ। सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहान्छु।’ उनले भने ।
हरेक क्लव र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्दगुच्छा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस्। नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्। क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो।’
प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि क्यानले भारतीय टेलिभिजन स्टार स्पोर्टससँग सम्झौता गरेको छ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। लिगमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने छन्।

सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ