स्याङ्जाको आँधीखोला गाउँपालिकामा खुल्ला भजन चुड्का प्रतियोगिता हुने भएको छ ।
बाला चतुर्दशिका दिन अर्थात् यहि मङ्सिर १५ गते ‘अन्धा अन्धी श्रवण कुमारको महिमा’ भन्ने विषयमा खुल्ला भजन चुड्का प्रतिस्पर्धा गरिने गाउँपालिका प्रमुख विश्व पौडेलले जानकारी दिए ।
आँधीखोला गाउँपालिका -४ स्थित ऎतिहासिक तथा धार्मिक तिर्थस्थल श्रवण कुमार समाधी क्षेत्र परिसरमा प्रतियोगिता गरिने प्रमुख पौडेलले बताए । सोही दिन सतबिज छर्ने लगायत विविध धार्मिक एवं सास्कृतिक कार्यक्रम गरिने उनको भनाइ छ ।
उनले ऎतिहासिक तथा धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्रको थप प्रचारप्रसार गर्ने र भजन चुड्का प्रतियोगिता मार्फत मौलिक संस्कृतिको संरक्षणमा समेत टेवा पुगोस् भनी प्रतियोगिता आयोजना गरिएको पौडेलले बताए ।
किंवदन्ती अनुसार आफ्ना दृष्टिविहिन बाबाआमालाई खर्पनमा बोकेर तीर्थाटन गराउन हिँडेका क्रममा बाबाआमालाई तिर्खा लागेछ ।
नजिकै पानी नपाएपछि एउटा गुफामा राखेर पानी खोज्न जाँदा तलाउमा पानी भर्ने क्रममा राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएछ । जुन ठाउँमा श्रवणकुमारको मृत्यु भयो सोही ठाउँमा नै पहिलो पटक भजन चुड्का प्रतियोगिता गर्न लागिएको हो ।
उनले प्रतियोगितामा विजेता हुने टिमले नगद १७ हजार रुपियाँ प्राप्त गर्ने बताए । यस्तै, द्वितीय हुनेले १३ हजार, तेस्रोले नौ हजार र सान्त्वनाले पाँच हजार रुपियाँ हात पार्नेछन् ।
सम्बन्धित खबर
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु