सामाजिक अभियन्ता तथा चर्चित टिकटकर गिभिना मगरलाई एकसाथ दुई पारिवारिक शोक परेको छ । दुर्घटनामा आमा गुमाएको केही समयमा उनले भाइसमेत गुमाएकी छन् । आमाको निधनले विक्षिप्त छोरा (गिभिनाका कान्छा भाइ) ले पनि घरमै आत्महत्या गरेका छन्।
उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो । आमाको निधनपछि शोकाकुल बनेका २६ वर्षका भाइ रामकुमार बुढा समेत शनिबार मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पोखराको याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते आमा धनकुमारी बुढा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुकी मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।
प्रहरीका अनुसार रामकुमार पोखरास्थित कोठामै मृतावस्थामा फेला परेका थिए । आमाको मृत्युको खबर सुनेपछि बिछिप्त भएका रामकुमार राति १२ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइन्छ ।
स्थानीयका अनुसार राति उनलाई फोन गर्दा फोन नउठेपछि खोजी भएको थियो । कोठामा पुगेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । मोबाइल झुण्डिएकै तल भूँइमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
धनकुमारी आफ्ना पति गणेश मगरसँगै थिइन्। उक्त दुर्घटनाको सिसी टिभी फुटेज हेर्दा पतिभन्दा एकदुई कदम उनी अगाडि देखिन्छन्। उनी अघि बढ्न लागेको दृश्य देखिन्छ। यत्तिकैमा पोखरातर्फ आउँदै ट्रकले ठक्कर दिएको छ। दुर्घटनामा रगताम्य उनलाई तत्काल मणिपाल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थियो
गिभिना परिवारकी जेठी छोरी हुन्। उनका दुई जना भाइ छन्। मृतक दुवै जनाको शव अस्पतालमा राखिएको छ। दाङको मगर परिवार लामो समयदेखि पोखरा आई बसेको हो। मृतकको पोखरा सेती नदीमै अन्त्येष्टि गरिने परिवारजनको तयारी छ।
पोखरामा बस्दै आएकी गिभिना सामाजिक सञ्जालमा आफ्नो सामाजिक कामका कारण चर्चित छिन् । गिभिना गत साता मात्रै विवाह बन्धनमा बाँधिएकी थिइन् ।
सम्बन्धित समाचारः
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’