पोखरा महानगरपालिकाको नगरसभाको विशेष बैठक २३ गते सम्मका लागि स्थगित भएको छ ।
पोखरा महानगरपालिकामा करार कर्मचारीसम्बन्धी विषयलाई लिएर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले विशेष नगर सभा मागेपछि विहीबार सभा सुरु भएको थियो ।
सभा सुरु भएर उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरेलगत्तै मेयर धनराज आचार्यले थप छलफल गर्नुपर्ने भन्दै सभा २३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराए ।
कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा बोलाइएको थियो । २९ कात्तिकमा एमालेले विशेष नगर सभाको लिखित माग गरेको थियो । सोही मागका आधारमा नगर सभा डाकिएको हो । नगर सभाका एजेण्डामध्ये केही एजेण्डा अदालतमा विचाराधीन भएकोले कार्यसूचीबाट हटाउन काँग्रेसले माग गरेको छ ।
एमालेले कर्मचारीसँगै ६ बुँदे एजेण्डा राखेर विशेष नगर सभाको माग गरेको हो । अरु पालिकाबाट आएका काज कर्मचारीलाई उनीहरुको पदाधिकार रहेकै कार्यालयमा फिर्ता पठाउनुपर्ने, महानगरको कर्मचारी संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्नुपर्नेलगायत माग एमालेको छ । यस्तै सुशासन र गौरवका केही आयोजनालाई पनि एजेण्डामा समावेश गरिएको छ । महानगरको राजस्व बक्यौता असुली कार्ययोजना बनाएर आगामी नगर सभामा पेस गर्ने, मणिपाल अस्प्तालको राजस्व छुट सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने, फोहोरमैला प्रशोधन केन्द्रको प्रगति प्रस्तुत गर्ने एजेण्डा छ ।
यता, महानगरको गौरवका रुपमा रहेका पोखरा सभागृह निर्माण, प्रशासकीय भवन निर्माण, पोखरा बसपार्क निर्माण, फेवातालको मापदण्ड कार्यान्वयन र फोहोरमैला व्यवस्थापनको अत्यधुनिक प्रशोधन केन्द्र निर्माण गर्ने एजेण्डाहरु नगर सभामा छलफल हुनेछन् । एमालेले माग गरेका एजेण्डा नै मेयर आचार्यले सदर गर्दै नगर सभामा पेस गर्ने भनेका थिए ।
काँग्रेस वडाध्यक्षहरूको दबाबमा मेयरले बैठक स्थगित गरेको बुझिन्छ । किनकि काँग्रेसले नगर सभा अवरोध गर्ने तयारी गरिसकेको थियो । अदालतमा भएको मुद्दा सभाको छलफल गर्ने एजेण्डा बनाउन नमिल्ने भन्दै सभा सुरु हुने वित्तिकै अवरोध गर्ने तयारी काँग्रेसको थियो ।
यसअघि, काँग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच छलफल पनि भएको थियो । तर सहमति जुटेन ।
आफू उपस्थित नभएको १४ कात्तिकको ३७ औं कार्यपालिका बैठकले निर्णय गरेर २८ प्राविधिकसहित ३५ जना करार कर्मचारी हटाएपछि एमाले रुष्ट बनेको हो । आफूनिकटका कर्मचारी छानेर फालेको आरोप एमालेले लगाएको छ ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु