नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स अहिलेसम्मकै ठूलो जित निकालेको छ। पोखराले शुक्रबार दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो।
लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले विना विकेटको क्षतिमा १६.५ ओभरमै पूरा गर्यो।
विकेटको आधारमा यो जारी एनपिएलकै ठूलो जित हो। यस्तै खेलमा पोखराका ओपनिङ ब्याटरद्वय आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी ब्याटिङ गरे।
गौसले नटआउट १०४ रन र दिनेशले नटआउट ६१ रन जोडे। गौसले एनपिएलकै छिटो अर्धशतक पूरा गरे । उनले २० बलमा अर्धशतक र ५४ बलमा शतक प्रहार गरे। यो एनपिएलको पहिलो शतक हो।
गौसले ५५ बलमा १२ चौका र ५ छक्का तथा दिनेशले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। एनपिएलको सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पहिलो जित निकालेको हो। लुम्बिनी भने दुवै खेलमा पराजित भएको छ।
रोहितको ९५ रनमा लुम्बिनीको १७० रन
टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५ विकेटको क्षतिमा १७० रन जोड्यो। खेलमा रोहितले ९५ रन जोडे। अन्तिम बलमा रन आउट भएका रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
रोहितसँग टस मुर्सले ११० रनको साझेदारी गरेका थिए। जसका कारण लुम्बिनीको रनले गति लिएको थियो। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि मुर्सले ३८ बलमा २ चौका र २ छक्काको मद्दतमा ४५ रन जोडे।
त्यसअघि लुम्बिनीका दुवै ओपरन डक आउट भएका थिए। आशुतोष घिरैया इनिङ्ग्सको तेस्रो बलमा तथा उन्मुक्त चन्द तेस्रो ओभरमा शून्यमा रनमा पेभिलियन फर्के। दुवैको विकेट पोखराका विपिन खत्रीले लिएका थिए। उनले आशुतोषलाई एलबिडब्लूको धरापमा पार्दा चन्दलाई रेमन्ड राइफरबाट क्याच गराए।
सन्दीप जोराले १८ रन जोडेर आउट भएका थिए। पोखराका माट क्रिचलीको एलबिडब्लूको धरापमा पर्नुअघि जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे।
बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए।
सम्बन्धित खबर
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
ट्वान्टी–२० विश्वकप : नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु