पोखरा । विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक तथा सिर्जनशीलता अभ्यास गराउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले किताबरहित शुक्रवार कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयमा कक्षा चारमा अध्ययनरत विद्यार्थीहरूलाई हप्तामा एक दिन किताबरहित शिक्षा सञ्चालन गर्न लागिएको हो । हरेक शुक्रवार जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई अघि बढाउने विद्यालयका प्राचार्य किरण सापकोटाले बताए ।
जीवन उपयोगी सिपको आधारमा दिइने शिक्षाले बालबालिकाको सिर्जनशीलतामा बृद्धि हुने अपेक्षा राखिएको छ । ‘शिक्षासँग सीप र सिर्जना’ प्रदान गर्ने भएपछि विद्यार्थीहरू उक्त दिन किताब बोकेर विद्यालय जान नपर्ने भएको सापकोटाले बताए ।

विद्यार्थी किताबी अध्ययनबाट मात्र व्यवहारिक नबन्ने भन्दै एक दिन किताब बाहिरका विषयवस्तुका बारेमा जानकारी दिने, विभिन्न परियोजनात्मक काममा लगाउने, उनीहरूलाई विविध प्रतियोगितात्मक कार्यक्रमहरू खेलकुद, कला, सङ्गीत र साहित्य लगायतका अतिरिक्त कार्यकलाप गराउने, विभिन्न स्थानको अवलोकन गराउने जस्ता कार्यक्रम रहेको विद्यालयका सह –प्राचार्य प्रदीप खनालले बताए ।
कक्षा चारका विनिसा केसीले कक्षाकोठामा बसेर शिक्षकहरूले कक्षाकार्य गराउने गरेकोमा आज यसरी आफ्ना साथीहरूसँग बसेर साथीहरूका मनका कुरा सुन्न पाउँदा आफू असाध्यै खुसी भएको बताइन् ।
उक्त शुक्रवारको कार्यक्रममा विद्याथीहरू पाठ्यपुस्तक विना सांस्कृतिक पोसाकमा विद्यालयमा आएर आफ्ना विविध प्रतिभाहरू प्रस्तुत गरेका थिए । कक्षा चारमा अध्ययनरत छात्रा अस्मिता ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सह–प्राचार्य प्रदीप खनालले कार्यक्रममाथि प्रकाश पार्दै आफ्नो कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम कक्षा ४ का आकृति भण्डारी, दिग्गोस कार्की, फिनिक्स सुवेदी, स्मारिका सुवेदी र बन्दना बल्कोटीले सञ्चालन गरेका थिए भने स्मारिका सुवेदीले ‘प्राचार्यसँग मनका कुरा’ समेत चलाएकी विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो