नेपाल अधिराज्यभर बसोबास गर्ने गर्ग गोत्रका सिंह रोकाहा क्षेत्रीहरुको ऎतिहासिक पूजा सम्पन्न भएको छ । उक्त पूजामा अर्जुनचौपारी गाउँपालिकाले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
पुतलीबजार नगरपालिका -१३ कुमालटारीमा रोकाहा बन्धुहरुको निशान तथा कुल पूजामा उपस्थित सर्वसाधारण तथा भक्तजनहरुको स्वास्थ्य समेतलाई ख्याल राख्दै अर्जुनचौपारीले नि:शुल्क स्वास्थ्य सहायता कक्षा संचालन गरि स्वास्थ्य जाँच, औषधि उपचारको व्यवस्था गरेको थियो ।
पूजा अवधिभर गाउँपालिकाले पिउनको लागि नि:शुल्क पानीको समेत व्यवस्था गरेको थियो ।
मङ्सिर २१ गते निशान पूजा र २२ गते कुल पूजा गरि दुई दिनसम्म गरिएको पूजामा देशभरका हजारौं रोकाहाबन्धुहरु र भक्तजनहरु उपस्थित रहेका थिए ।
विशेषगरी रोकाहा निशानलाई भाकल गर्ने र भाकल पूरा भएपश्चात निशान पूजाको दिन बोकाहरुको बलि चढाउने परम्परा रहेको छ ।
हरेक ५-५ वर्षमा देशभरका रोकाहाहरुको निशान तथा कुलपूजा यहि स्थानमा हुँदै आएको छ ।
यस्तै, अर्जुनचौपारी गाउँपालिका -१ सिमलचौरमा मङ्सिर २१ र २२ गते भएको आत्रीय गोत्रका बगाले थापाहरुको निशान तथा कुलपूजामा पनि गाउँपालिकाले नि:शुल्क स्वास्थ्य सहायता कक्षा संचालन गरि स्वास्थ्य जाँच, औषधि उपचारको व्यवस्था गरेको थियो ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’