कृषि मन्त्री श्रेष्ठको सय दिनका मुख्य उपलब्धिहरू सार्वजनिक

कृषि मन्त्री श्रेष्ठको सय दिनका मुख्य उपलब्धिहरू सार्वजनिक

कृषि प्रवर्धन कार्यक्रमदेखि ऐन नीति निर्माण तथा संशोधनसम्म

b8515502-5c4a-406f-80a4-3b8dc62662b6

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेकी छिन् । बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् ।

उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै अहिलेको जिम्मेवारी हो,’ उनले भनिन्,‘कृषकलाई आवश्यक कतिपय शिर्षकहरु बजेटमा नसमेटिदा कठिनाई पनि भएको छ । यसलाई आगामी बजेटमा समावेश गर्ने गरि तयारी सुरु गरेका छौँ ।’

मन्त्रालय मातहत प्रदेशमा रहेका कार्यालयहरुको अनुगमन गरेको जनाउँदै मन्त्री श्रेष्ठले सेवाग्राहीलाई छिटो छरितो एवं सहज सेवा प्रदान गर्न आवश्यक निर्देशन दिएको बताइन् । विभिन्न जिल्लाका कृषकहरुसँग कृषि क्षेत्रका समस्याबारे गहन छलफल भएको उल्लेख गर्दै उनले समाधानकालागि पहल भइरहेको सुनाइन् ।

यस्ता छन् मन्त्री पद्मा जिसी श्रेष्ठका  १०० दिनका मुख्य उपलब्धिहरू :

Report-Book

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ