पोखरा । आइटिएफ वल्र्ड टेनिस टुर जे३० पोखरा सर्किट–२ अन्तर्गत चौथो दिन सिंगल्सतर्फ क्वार्टरफाइनल र डबल्सतर्फ सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा चौंथो दिनको प्रतिस्पर्धाहरु निकै रोमञ्चपूर्ण रहे भने नेपाली खेलाडीहरुले केही खेलमा जित केही हार ब्यहोरे । प्रतियोगितामा सिंगल्सको खेलमा आरव सम्राट हाडा र शिवाली गुरुङले आफ्नो जितको लयलाई कायम गरे । ब्वाइज सिंगल्समा आरवले भारतका ओजस मेहलावतलाई ६–२, ७–५ ले जित निकाल्दै अन्तिम चारमा स्थान बनाउँदा गल्र्सतर्फ शिवालीले सर्किट १ को उपबिजेता रहेकी सुनिरा थापालाई ६–३, ६–४ को सोझो सेटमा हराउँदै प्रतियोगिताबाट बाहिरन बाध्य पारिन् । प्रतियोगितामा हार व्यहोरे पनि सुनिराले सबै दर्शकको मन भने जितिन् ।
यता ब्वाइज सिंगल्सतर्फ नै अस्ट्रेलियाका प्रतीक नविनले चीनका हैनुओ गुऔ लाई ६–१, ६–३ ले पराजित गर्दै सर्किट १ को सेमीफाइनलमा पराजित भएको बदला लिएका छन् । प्रतिक सर्किट १ खेलको सेमीफाइनलमा हैनुओ संग पराजित भएका थिए ।
यस्तै ब्वाइज डबल्सतर्फ चौथो दिन सम्पन्नसेमीफाइनलमा नेपाली प्रणव मानन्धर र राजबिर प्रधानको जोडी भारतिय जोडी आरव चावला र ओजस मेहलावत संग ६–२, ६–४ ले पराजित हुन पुगे । त्यस्तै भारतीय जोडी आदित्य मोर र अधिराज ठाकुरले आफ्नै देशका शोवर्य समला र प्रकाश सरणलाई ६–३, ६–३ ले तथा भारतीय जोडी आरव चावला र ओजस मेहलावतले नेपाली जोडी प्रणव मानन्धर र राज बिर प्रधानलाई ६–२, ६–४ ले पराजित गरे ।
यस्तै गल्र्स सिंगल्समा भारतकी महिका खन्नाले चीनकी यीजिया झाओलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा बनाउँदा मंगोलियाकी मार्टा छोग्सोमजाभले भारतकी अपरा खंडारेलाई ६–१, ६–० ले पराजित गरिन् । त्यस्तै अन्य एक खेलमा भारतकी अर्जन खोराकिवालालाई चीनकी तियानरान डोंगलाई ६–७(१), ६–२, ६–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।
भोली हुने गल्र्स सिंगल्स सेमीफाइनलमा भारतकी महिकाले मंगोलियाकी मार्टा संग भेट पक्का गर्दा नेपालकी शिवालीले भारतकी अर्जन खोराकिवालाको सामना गर्ने भएकी छन् । त्यस्तै ब्वाइज सिंगल्सतर्फ चीनका हैनुओले भारतका आश्रब्य मेहरा संग भेट पक्का गर्दा अर्को सेमीफाइनलमा नेपाली खेलाडी आरवले अस्ट्रेलियाका नविन प्रतिकको सटिक प्रहारहरुको सामना गर्नेछन् ।
यता गल्र्स सेमीफाइनलमा मार्टा छोग्सोमजाभ (मंगोलिया) र यीजिया झाओ (चीन)को जोडीले भारतीय जोडी एन्जल पटेल र सायेत वराडकरलाई ६–२, ६–३ ले तथा भारतीय जोडी दिशा बेहेरा र अर्जन खोराकिवालाले नेपालको शिवाली गुरुङ र सुनिरा थापालाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ६–७(४), (१०–५) ले पराजित गरी फाइनलमा स्थान बनाए ।
यस्तै ब्वाइज डबल्सतर्फ भने भोली फाइनल खेल सञ्चालन हुने कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।
सिंगल्सतर्फका फाइनल खेलहरु शनिबार मंसिर २९ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर