गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ

गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ

अपांगता भएकाहरुका व्यक्तिहरुबाट भयो प्रतिनिधित्व

Sunita-Thapa

पोखरा । गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले शुक्रबार शपथ ग्रहण गरेकी छन् ।

नेपाली कांग्रेसकी समानुपातिक तर्फबाट निर्वाचित थापालाई प्रदेश सभा सचिवालायमा सभामुख कृष्णप्रसाद धितालले शपथ गराएका हुन् ।

प्रदेश सभा सदस्य विमला गौचनको निधन भएपछि खाली भएको पदमा थापा निर्वाचित भएकी हुन् । श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुनीताले सुन्न सक्दिनन् ।

गण्डकी प्रदेश सभामा अपांगता भएकाहरुका व्यक्तिहरुबाट अब सुनीताले नै प्रतिनिधित्व गर्ने भएकी छन् ।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको गत कात्तिक २८ गते निधन भई रिक्त भएको उक्त पदमा थापालाई काँग्रेसले मनोनीत गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ