लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर

सहकारी ठगी प्रकरणः

लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर

umagauri

काठमाडौं – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रलेकी पत्नीसहित २६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ ।

मोरङ जिल्लाको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो ।

सरकारी वकिलको कार्यालय मोरङले सभापति पोखरेलकी पत्नी कोकोइरालासहित २६ जना विरुद्ध सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिँहविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

त्यस्तै, सरकारी वकिल कार्यालयले सहकारीका सञ्चालक समिति सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी, जितमान ठाकुर र लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वास लगायतलाई प्रतिवादी बनाएको छ ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी पत्नी अञ्जला कोइराला प्रकरण जोडिएको सहकारीमा सञ्चालक सदस्य थिइन् । सहकारीमा समस्या देखिएपछि उनले २०७८ माघ ५ गते राजीनामा दिएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ