अर्जुनचौपारीको दरौंखोलामा ८० हजार माछाका भुरा छाडिएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षमा पनि अर्जुनचौपारी गाउँपालिकाले विभिन्न जातका माछाका भुरा छाडेको हो ।
नेपालकै पहिलो तथा ठूलो जलविद्युत कालीगण्डकी ‘ए’ मत्स्य ह्याचरी सेवा, बेलटारी स्याङ्जाको सहयोगमा पालिकाले दरौंखोला, केवरेखोला र दिर्जेखोलामा गरि ठेड, गर्जी र हाडे जातका माछाका भुरा छाडेको हो ।
पालिका अध्यक्ष प्रकाश तिवारीले माछा पालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार प्रत्येक वर्ष खोलामा माछा भुरा छाड्दै आएको बताए । विभिन्न प्रजातिका माछाका भुराहरु हरेक वर्ष छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने जानकारी दिए ।
तिवारीले धेरै ठाउँमा खोलालाई माछामार्फत आय आर्जनमा जोडिएको र विज्ञसङ्गको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताए । खोलाको चार किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुरस हालेको पालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले खोलामा माछाका भुरा हालेसङ्गै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको जानकारी दिए ।
परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविकोपार्जनमा कठिनाई उत्पन्न हुने अवस्थामा राहत उपलब्ध गराउने पालिकाले जनाएको छ ।
पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।
पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाइएमा कानुनबमोजिम कारबाही गरिने पालिकाले जनाएको छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो