गोरखा । नेपाल पत्रकार महासंघ गोरखाले निर्वाचन प्रक्रिया नै स्थगित गरेपछि केन्द्रले गोरखा शाखालाई निलम्बन गरेको छ ।

निर्वाचन प्रक्रिया स्थगित
मतदातासम्बन्धी विषयलाई लिएर पत्रकार महासंघ गोरखाले निर्वाचन प्रक्रिया नै स्थगित गरेको थियो ।
अध्यक्ष नरहरि सापकोटा र सचिव विकास मरहट्टाले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्लामा आवेदन नै नदिएका व्यक्तिको नाम मतदाता नामावलीमा आएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको उल्लेख छ।

जिल्लामा प्राप्त मतदाता नामावली जिल्ला शाखाले गरेको सिफारिसविपरीत रहेको र संशोधनका लागि केन्द्रसँग औपचारिक रूपमा पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेकोले निर्वाचन प्रक्रिया नै स्थगित गर्नुपरेको गोरखा शाखाको भनाइ छ।
सदस्यता शुद्धीकरणका विषयमा जिल्ला शाखाले गरेको निर्णय कार्यान्वयन गर्न पनि गोरखा शाखाको माग छ। यो माग पूरा नहुन्जेलका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।
मतदाता नामावलीमा एकै व्यक्तिको नाम फरक-फरक गरी दुई ठाउँमा समावेश गरिएको पनि पाइएको जिल्ला शाखाले जनाएको छ।
प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको बिरोध
तर, नेपाल पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन प्रक्रिया स्थगित गरिएकोप्रति प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले बिरोध जनाएका थिए ।
महासंघको चुनाव अनायासै स्थगित गरिएको भन्दै तीनैवटा संगठनले अलग अलग विज्ञप्ति जारी गरी बिरोध गरे ।

पत्रकारिता क्षेत्रमा नरहेका, पत्रकार महासंघको सदस्यता पाउन महासंघको जिल्ला समितिमा आवेदन नदिएका र पहिचानै नभएका व्यक्तिको नाम समेत मतदाता नामावलीको सूचीमा समावेश भई आएको र संशोधनका लागि बारम्बार आग्रह गर्दा पनि महासंघको केन्द्रीय समिति तथा निर्वाचन समितिले बेवास्ता गरेको भन्दै महसंघको जिल्ला शाखाले बुधबार निर्वाचन स्थगित भएको सूचना जारी गरेको थियो ।
सो सूचनाप्रति प्रेस चौतारी र प्रेस सेण्टरले बिरोध गर्दै निर्वाचन प्रक्रिया अघि बढाउने वातावरण बनाउन केन्द्र र प्रदेशसंग माग गरेका थिए भने युनियनले सो मतदाता नामावली संशोधन गरी निर्वाचनको वातावरण बनाउन माग गरेको थियो ।
सम्बन्धित खबर
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो