नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी भएको छ। संघको हिजो भएको निर्वाचनमा अध्यक्षमा शर्माले अर्का दुई उम्मेदवारलाई धेरै मतले पछाडि पार्दै जित हासिल गरेकी हुन्।
अध्यक्षमा निर्वाचित शर्माले २१५० मत ल्याएकी छिन् भने उनकी प्रतिस्पर्धी गंगाकुमारी थापाले १३७० र बसन्ती थापाले २८२ मत ल्याएकी छिन्।
वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बाले जित हासिल गरेका छन्। सुब्बाले २०६० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत ल्याएकी छिन्। उपाध्यक्षमा २०११ मत ल्याएर बबिता घिमिरेले जित हासिल गरेकी छिन्। उपाध्यक्षकी अर्की उम्मेदवार मनिसा कोइरालाको १५७० मत आएको छ।
महासचिवमा देवकुमारी आचार्यले जित हासिल गरेकी छिन्। आचार्यले १७३३ मत ल्याउँदै जित हासिल गरेकी हुन्। उनकी प्रतिस्पर्धी मिनाकुमारी कार्कीको १३४७ र जानकी धामीको ६२२ मत आएको छ।
यस्तै सचिवमा २०९० मत सहित बेली पौडेलले जित हासिल गरेकी छिन्। जया मिश्रको १५७३ मत आएको छ।
कोषाध्यक्षमा तुलसादेवी अधिकारी २१८८ मत ल्याएर विजयी भएकी छिन्। अर्की उम्मेदवार रमादेवी पहारीले १४८२ मत ल्याएकी छिन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’