नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी भएको छ। संघको हिजो भएको निर्वाचनमा अध्यक्षमा शर्माले अर्का दुई उम्मेदवारलाई धेरै मतले पछाडि पार्दै जित हासिल गरेकी हुन्।
अध्यक्षमा निर्वाचित शर्माले २१५० मत ल्याएकी छिन् भने उनकी प्रतिस्पर्धी गंगाकुमारी थापाले १३७० र बसन्ती थापाले २८२ मत ल्याएकी छिन्।
वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बाले जित हासिल गरेका छन्। सुब्बाले २०६० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत ल्याएकी छिन्। उपाध्यक्षमा २०११ मत ल्याएर बबिता घिमिरेले जित हासिल गरेकी छिन्। उपाध्यक्षकी अर्की उम्मेदवार मनिसा कोइरालाको १५७० मत आएको छ।
महासचिवमा देवकुमारी आचार्यले जित हासिल गरेकी छिन्। आचार्यले १७३३ मत ल्याउँदै जित हासिल गरेकी हुन्। उनकी प्रतिस्पर्धी मिनाकुमारी कार्कीको १३४७ र जानकी धामीको ६२२ मत आएको छ।
यस्तै सचिवमा २०९० मत सहित बेली पौडेलले जित हासिल गरेकी छिन्। जया मिश्रको १५७३ मत आएको छ।
कोषाध्यक्षमा तुलसादेवी अधिकारी २१८८ मत ल्याएर विजयी भएकी छिन्। अर्की उम्मेदवार रमादेवी पहारीले १४८२ मत ल्याएकी छिन्।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह