काठमाडौं : नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि ८ विकेटको शानदार जित हात पारेको छ। विनोद भण्डारी र कप्तान दिपेन्द्रसि्ह ऐरी क्रमश ५८ र २० रनमा अविजित रहँदै १८.३ ओभरमा १४१ रन बनाउँदै जित आफ्नो पक्षमा पारेका हुन्।
सुदूरका लागि सैफ जेवले ३२, ब्राण्डन म्याकमुलेन २५ रन बनाएर आउट भए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक विकेट लिए।
टस जितेर ब्याटिङमा आएको जनकपुरले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो।
जनकपुरका लागि जिमी निसम ४५, शुभ कंसकार २६, लाहिरू मालिन्था र हर्ष ठाकर १२, कप्तान आशिफ शेख र अरनिको यादव ११, मोहम्मद महसिन र शेर मल्लले समान ३ रन बनाए।
सुदूरका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले तीन, सैफ जेव दुई, स्कट कुग्गेलेजिन र अविनास बोहरा समान एक विकेट लिए।
जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ। जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो।
सुदुरपश्चिम सोझै फाइनलमा पुगेको छ भने जनकपुर अब कर्णाली याक्ससँग पुनः खेलेर फाइनल प्रवेशका लागि कसरत गर्नुपर्ने देखिएको छ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो