क्यान्सरविरुद्धको खोप बनाएको रुसको दाबी

क्यान्सरविरुद्धको खोप बनाएको रुसको दाबी

cancer-khop

पोखरा । रुसले क्यान्सरविरुद्धको खोप निर्माण गरेको दाबी गरेको छ ।

रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भ्याक्सिनको नाम भने राखिएको छैन । रुसले खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरेको छ । रुसी सरकारले आउँदो वर्ष सन् २०२५ को शुरूमा यो खोप सार्वजनिक गरेर नागरिकलाई निःशुल्क वितरण गर्ने तयारी गरेको रुसी सञ्चारमाध्यम तासले जनाएको छ ।

खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा खोपले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ ।

यही वर्षको शुरूमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप निर्माणको नजिक पुगेको बताउनुभएको थियो । यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ ।

रुसले यो खोप आफ्नै ’एमआरएन’ प्रविधिमा आधारित पहिलो खोप भएको बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds