तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लिलाचोक सडकखण्ड स्तरोन्नतिका लागि बन्द गरिने भएको छ ।
नगरको वडा नं ४, ८, ९ र १२ जोड्ने उक्त खण्डअन्तर्गत दुलेगौडा खैरेनीटार हेल्थपोष्ट चोकदेखि पुलचोक नयाँपुलसम्म निर्माण भइरहेकाले शनिबारदेखि अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द हुने नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सडक निर्माणका क्रममा हुनसक्ने जोखिम र गुणस्तरीयतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको जानकारी दिए । त्यस अवधिसम्म ढोरवाराही मोटरमार्ग (गाछेपानी पुरानो पुल तिब्बतियन क्याम्प) को सडक प्रयोग गर्न सकिने उनले बताइन् ।
विश्व बैङ्कको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७.१ किलोमिटर सडकमा कालोपत्रका लागि गत चैत २५ गते बानियाँ निर्माण सेवा हेटौंडासँग सम्झौता भएको थियो।
नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ मा यहाँ स्तरोन्नतिको काम भइरहेको बताए।
वडा नं ४ दुलेगौडाबाट सुरु हुने कालोपत्र सडकले वडा नं ८, ९ र १२ वडालाई जोड्ने छ। उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ।
उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ। अन्य ठाउँमा नालासहितको कालोपत्र हुने इन्जिनियर भट्टराईले जानकारी दिए ।रासस
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह